• १९ असार २०८१, बुधबार

राप्रपाका पाँच विभाग प्रमुखको नेतृत्व चयन

blog

फाइल तस्बिर

काठमाडौं, जेठ २४ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न विभाग प्रमुख पदमा नेतृत्व मनोनयन गर्नुभएको छ।

पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पार्टीको विधान बमोजिम अध्यक्ष लिङ्देनले पाँच वटा विभागको प्रमुख चयन गर्नुभएको जानकारी दिनुभयो।

राजनीतिक विभाग प्रमुखमा उपाध्यक्ष बुद्विमान तामाङ, प्रशिक्षण विभाग प्रमुखमा उपाध्यक्ष, ध्रुबबहादुर प्रधान, संगठन विभागमा महामन्त्री डा. धवल शमशेर राणा मनोनित हुनुभएको हो।

यसैगरी, राप्रपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा महामन्त्री भुवनकुमार पाठक र स्वास्थ्य विभाग प्रमुखमा प्रा.डा. रामप्रसाद उप्रेती मनोनित हुनुभएको छ।