• १२ वैशाख २०८२, शुक्रबार

खानेपानी ट्याङ्कीको पर्खाल भत्किँदा चार जना घाइते

blog

नवलपुरमा खानोपानी ट्याङ्की ढलान गर्ने क्रममा भत्किँएको ढुङ्गाको पर्खाल । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, वैशाख १२ गते ।
नवलपुरमा खानोपानी ट्याङ्की ढलान गर्ने क्रममा सोही ट्याङ्कीको ढुङ्गाको पर्खाल भत्किँदा चार जना मजदुर घाइते भएका छन् ।

देवचुली नगरपालिका–६ मुण्डेमा धरादी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको फिल्टर प्लान्ट ट्याङ्की ढलान गर्ने क्रममा ढुङ्गाको पर्खाल भत्किदा चार जना घाइते भएका नवलपुर प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार मध्यविन्दु नगरपालिका–१४ का २४ वर्षीय नविन सिंजाली, सोही ठाउँका २८ वर्षीय कुमार परियार, २४ वर्षीय ज्ञानेन्द्र बयाम्बू र ५० वर्षका कृष्णबहादुर बयाम्बु घाइते हुनुभएको हो । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।