• २० असार २०८१, बिहिबार

प्रधानमन्त्री देउवालाई लोसपाले बुझायो ११ बुँदे ज्ञापनपत्र

blog

प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउनु हुँदै लाेसपा अध्यक्ष महन्त ठाकुर । तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय

काठमाडौं, जेठ २४ गते । प्रधानमन्त्री शेरबहादुर देउवालाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुले ११ बुँदे ज्ञापनपज्ञ बुझाउनुभएको हो ।

ज्ञापनपत्रमा नागरिकता विधेयक, मधेश तथा थारुहट आन्दोलनकारीमाथि लागेका मुद्दा फिर्ता र रिहाइ तथा सम्झौता कार्यान्वयनलगायतका माग समेटिएको छ ।

मधेश र थरुहट आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र निलम्बित सांसद रेशम चौधरीलाई रिहाइको माग गरिएको छ ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लोसपाका अध्यक्ष ठाकुर, नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, उमाशङ्कर अरगरियालगायत बालुवाटार पुग्नुभएको थियो ।