• १६ चैत २०८०, शुक्रबार

धेरै दिन फोहोर थुप्रिए हैजा फैलन सक्छ

blog

काठमाडौं,जेठ २३ गते जाडो मौसममा भन्दा गर्मी मौसममा रुघाखोकीदेखि अन्य सङ्क्रमणजन्य रोगहरु बढी फैलने गरेको चिकित्सकहरु बताउँछन् । सोही अनुरुप नेपालमा गर्मी मौसम सुरु भएसँगै विभिन्न सङ्क्रमणजन्य रोगको सङ्क्रमबाट बिरामीहरु अस्पताल पुग्ने गरेका छन् । पाटन अस्पतालका सरुवारोग विशेषज्ञ डा . जनक कोइरालाका अनुसार गर्मी मौसममा पेट र किटजन्य रोग बढी फैलने गर्दछन् ।

नेपालमा गर्मी, प्रि–मनसुन र मनसुनमा मलेरिया, कालाजार, डेंगु, एक्युट ग्यास्ट्रोएन्टेराइटिस, हैजा र सिभियर एक्युट रेस्पिरेटरी इन्फेक्सन र अन्य महामारीको सम्भावित रोगमा आन्द्राको ज्वरो, लेप्टोस्पाइरोसिस, हाइड्रोफोबिया, चिकुनगुनिया जस्ता रोग देखिने डा Þकोइराला बताउनुहुन्छ । पेटसँग सम्बन्धित रोग दूषित पानी, खाना र सरसफाइका कारण फैलने गर्दछन् । त्यसका अलावा ठेउला, दादुरा, रुघाखोकीजस्ता सरुवा रोग हावाबाट, टाइफाइड अर्थात् हेपाटाइटिस ए र ई, झाडापखाला, हैजालगायतका सरुवा रोग दूषित पानीबाट सर्ने डा कोइराला बताउनुहुन्छ ।

यो मौषममा हावा, पानी, लामखुट्टृेलगायतका किटको सङ्क्रमणबाट हुने गर्दछ। डा Þकोइरालाका अनुसार गर्मी मौसममा यी रोगका ब्याक्टेरिया बढी सक्रिय हुने भएकाले पनि यसको जोखिम उच्च हुन्छ । गर्मी महिना लाग्दै गर्दा धेरै मानिस बाहिरै घुम्ने, बाहिरै खाने प्रचलनले गर्दा पनि रोग फैलन सक्छ । सङ्क्रमणजन्य र किटजनय रोग फैलने भएकाले साबधानी अपनाउनु पर्ने सरुवा रोग विशेषज्ञ कोइरालाको सुझाव छ । गर्मी मौसमा यस्ता समस्या हरेक वर्ष आउने भएकाले रोगको बारेमा जानकारी राखी समयमै सावधानी अपनाए रोग लाग्नबाट बच्न र बचाउन सकिने कोइरालाको सुझाव छ ।

बान्ता तथा झाडापखाला लाग्ने कारण भने दूषित खानपान र पानी भएकाले बासी, सडेगलेका तथा झिँगा भन्किएका खानेकुरा, फोहोर पानी अनि फोहोरी हातबाट बनाइएका खानेकुराबाट पनि रोग लाग्न सक्ने भएकाले त्यस्ता कुरा नखान उहाँको सल्लाह छ । डा कोइरालाका अनुसार सकेसम्म घरमै पकाएको खानेकुरा खाँदा पनि रोगहरुबाट बच्न सकिन्छ । बाहिर खाना जाँदा खानेकुरा कतिको सफा छ, पानी कतिको शुद्ध छ त्यो विचार गर्नुपर्छ । यो मौसममा झिँगा, लामखुट्टे, फट्यांग्रा तथा भुसुना बढी सक्रिय हुने, जताततै पानी जम्ने अनि खानेकुरा छिट्टै गल्ने भएकाले खानपान एवं रहनसहनमा विशेष ध्यान पु¥याउनु आवश्यक छ । किरा, भुसुना, लामखुट्टेबाट बच्न लामो लुगा लगाउने राम्रो हुन्छ । गर्मी र मनसुनको समयमा के कस्ता स्वास्थ्य समस्या देखिन्छन् र त्यसबाट बच्ने उपायलगायतका विषयमा केन्द्रित भएर गोरखापत्र अनलाइनका लागि पत्रकार सिर्जना खत्री र फोटोपत्रकार मनोजरत्न शाही र केशव गुरुङले पाटन अस्पतालका सरुवा रोग विशेषज्ञ डा. जनक कोइरालासँग गर्नुभएको भिडियो संवाद

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।