• ८ असार २०८२, आइतबार

बस दुर्घटनामा एघार यात्रु घाइते

blog

केदार तिमल्सिना

बनेपा, चैत २८ गते । बिपी राजमार्ग अन्तर्गत जिल्लाको रोसी गाउँपालिका– ९ दाउन्नेमा यात्रुवाहक बसले हायस गाडीलाई ठक्कर दिई बस दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन् । बिहीबार बिहान करिब ८ः२५ बजेको समयमा काठमाण्डौबाट रामेछाप तर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको यात्रुवाहक बसले खाँदवारिबाट काठमाडौँतर्फ आइरहेको मे १ ख ३३९४ नम्बरको हायस गाडीलाई ठक्कर दिई बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

प्रहरीले वर्षाका कारण बसको ब्रेक नलाग्दा बस चिप्लन गई हायस गाडीलाई ठक्कर दिई बस सडकबाट अन्दाजी २० मिटर तल खसेको जनाएको छ । दुर्घटनामा बसमा सवार १५ जनामध्ये ११ यात्रु घाइते भएको र उनीहरूलाई उपचारको लागि मेथिनकोट अस्पताल भकुण्डेबेशी पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते यात्रुमध्ये दुई यात्रुको अवस्था मध्यम र अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बसका चालक इलाका प्रहरी कार्यालय मङ्गलटारको नियन्त्रणमा रहेका छन् ।