• १८ चैत २०८१, सोमबार

ओझेलमा बिसिखेलको झाँक्री गुफा

blog

थाहा–१०, बिसिखेलमा रहेको झाँक्री गुफा ।

हेटौँडा समाचारदाता

हेटौँडा, चैत १६ गते । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा रहेको बिसिखेल झाँओझेलमा बिसिखेलको झाँक्री गुफा संरक्षणको अभावमा ओझेलमा परेको छ । थाहा नगरपालिका–१० मा रहेको तल्लो बिसिखेल झाँओझेलमा बिसिखेलको झाँक्री गुफा  संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । बँदेलको ओझेलमा बिसिखेलको झाँक्री गुफाडास्थलका रूपमा परिचित गुफा संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको यहाँका स्थानीय शम्भु अधिकारीले बताउनुभयो । पर्यटकीय क्षेत्र थाहामा घुम्ने र रमाउने ठाउँ धेरै भए पनि पुराना गुफा संरक्षणको अभावमा ओझेलमा पर्दै गएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । 

गणेशमान सिंह मार्ग हुँदै यो गुफा पुग्न सकिन्छ । गुफा आकर्षक र ऐतिहासिक भए पनि पर्यटक आकर्षित गर्न नसकिएको स्थानीय नीराजन मगरले बताउनुभयो । यो गुफामा पहिले वन झाँक्री बस्ने गरेको किंवदन्ती छ । गुफामा वन झाँक्रीपछि मानिससमेत बस्ने गरेको स्थानीयले बताएका छन् ।

घरमा पालेका वस्तुभाउ बिरामी भए उक्त गुफामा लगेर राखेपछि निको हुने यहाँको जनविश्वास छ । गुफा रहेको स्थानबाट बिसिखेल, टौखेल, भेडा फार्म, डाँडा थाहा नगरपालिकालगायत क्षेत्र देख्न सकिन्छ । स्थानीय सरकार र प्रदेश सरकारको प्राथमिकतामा नपरेका कारण झाँक्री गुफा मात्रै नभई सीतापाइला, चम्पाकेश्वर महादेव गुफा पनि ओझेलमा परेको स्थानीय बिराजन बस्नेतले बताउनुभयो ।