• १५ चैत २०८१, शुक्रबार

मालपोत कार्यालयलाई कम्प्युटर सहयोग

blog

लहान नगरपालिका महेशप्रसाद चौधरीले मालपोत कार्यालय लहानका निमित प्रमुख अर्जुनकुमार मण्डललाई कम्प्युटर हस्तान्तरण गर्नुहुँदै । तस्बिरः जीवछ यादव

जीवछ यादव
लहान, चैत १२ गते ।
लहान नगरपालिका भित्र रहेका गाउँब्लक जग्गा अध्यावधि गर्नका लागि लहानस्थित मालपोत कार्यालयलयलाई लहान नगरपालिकाले कम्प्युटर सहयोग गरेको छ ।

लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले मालपोत कार्यालय लहानका निमित प्रमुख अर्जुनकुमार मण्डललाई दुई थान कम्प्युटर, दुई थान प्रिन्टर र अपरेटर हस्तान्तरण गरी सहयोग गर्नुभएको हो । लहान नगरपालिकाको २४ वटै वडाका हजारौं नगरवासीहरुको गाउँब्लक जग्गा फुकसुवा नहुँदा भोगिरहेको समस्या समाधान गर्न लहान नगरपालिकाले निरन्तर पहल थालेको बताउनुहुँदै नगरप्रमुख चौधरीले सम्झौता अनुसार मालपोत कार्यालयलाई आवश्यक उपकरण र जनशक्ति उपलब्ध गराएको जानकारी दिनुभयो । जग्गा फुकुवा नहुँदा बैंकमा राखेर ऋण लिन नपाउने, खरिद बिक्री गर्न नपाउने जस्ता समस्याहरु उत्पन्न भएको छ ।

मालपोत कार्यालयलाई लहान नगरपालिकाले गरेको प्रतिवद्धता अनुसार सहयोग गरिरहेकाले जग्गा अध्यावधी गर्ने कार्य तीव्र रुपमा अघि बढाइने मालपोत कार्यालय लहानका निमित्त प्रमुख मण्डलले जानकारी दिनुभयो ।

लहान नगरपालिकामा रहेको १५ हजार व्यक्तिहरुको गाउँब्लक जग्गा फुकुवा नहुँदा लहान–६ का वडाध्यक्ष अरुण केसीको अगुवाइमा भएको आन्दोलन भएको थियो । लहान नगरपालिका र मालपोत कार्यालयबिच प्राविधिक र जजनशक्तिको अभाव रहेका कारण तत्कालै जग्गा फुकुवा गर्न नसकिएको मालपोत कार्यालयले समस्या राखेपछि लहान नगरपालिकाले आवश्यक प्राविधिक र जनशक्ति उपलब्ध गराउने प्रतिवद्धता गरेको थियो । लहान नगरपालिका मालपोत कार्यालयले आन्दोलनरत पक्षलाई गाउँबव्लकको जगगा फुकुवा गर्ने विश्वास दिलाएपछि आन्दोलनरत पक्षहरुले आन्दोलन स्थगित गरिएको थियो । 

भएको सम्झौता अनुसार गाउँब्लकको जग्गा फुकुवा गर्न लहान नगरपालिका र मालपोत कार्यालयले काम अघि बढाएकोमा वर्षैदेखि रहेको समस्या समाधान हुने गाउँ ब्लक संघर्ष समितिका संयोजक केसीले खुसी व्यक्त गर्नुभयो ।