• ३ जेठ २०८१, बिहिबार

खनालको एकल चित्रकला प्रदर्शनी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २० गते । कलाकार रमेश खनालको ३५औँ अरूपण एकल चित्रकला प्रदर्शनी भइरहेको छ । नेपाल प्रज्ञाप्रतिष्ठान, वास्तुकला तथा अन्य सृजनात्मक कला विभाग प्रमुख कलाकार खनालको ‘ड्रामा लाइन एन्ड कलर’ शीर्षकको कला प्रदर्शनी राजधानीका अरूपण आर्ट ग्यालरीमा चलिरहेको छ । 

कलाकार खनालले अमूर्तकला सिर्जना गर्दै आउनुभएको छ । कला लेखनमा समेत उहाँको रूचि रहेको छ । आफ्नो घरकै माथिल्लो तलालाई चित्र प्रदर्शनी, कलासम्बन्धी छलफल र कला प्रशिक्षणका लागि छुट्ट्याएर कला र कलाकारको सम्मान गर्नुहुने खनालले कलाको प्रवद्र्धन र संरक्षणमा लामो समयदेखि योगदान दिनुभएको छ ।

यस क्षेत्रका अग्रज एवं वरिष्ठ कलाकारको योगदानलाई जीवन्त बनाउँदै यस क्षेत्रमा नयाँ पुस्तालाई पनि अगाडि बढाउनुपर्ने उहाँको धारणा रहेको छ ।