• १५ चैत २०८१, शुक्रबार

सेवाग्राहीलाई दुःख दिने र अभद्र व्यवहार गर्ने १७ जना पक्राउ

blog

काठमाडौँ, चैत ८ गते । सेवाग्राहीलाई दुःख दिने तथा अभद्र व्यवहार गर्ने १७ जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौँले सेवाग्राहीलाई दुःख दिने तथा अभद्र व्यवहार गर्ने १७ जना नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक अपिल राज बोहराले चन्द्रगिरी नगरपालिका वडा नं ५ स्थित यातायात व्यवस्था कार्यलय गुर्जुधाराबाट १७ जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।  

चैत ७ गते साढे १२ बजे यातायात व्यवस्था कार्यालय गुर्जुधारामा सेवाग्राहीलाई छिटो काम गरिदिने भनी अनावश्यक दुःख दिएको गुनासो प्राप्त भएपछि प्रहरी टोली खटाई उक्त कार्यमा संलग्न १७ जनालाई नियन्त्रणमा लिएको उहाँको भनाइ छ ।

प्रहरी उपरीक्षक बोहराका अनुसार नियन्त्रणमा लिएका १७ जनाको अनुसन्धान भइरहेको छ ।