काठमाडौँ, चैत ७ गते । गायक कृष्ण कार्कीले नयाँ गीत ‘जुनेली रात’ ल्याउनुभएको छ । उहाँको स्वर रहेको गीतमा सन्दीप कार्कीको शब्द रहेको छ भने सुन्दर मगरले सङ्गीत दिनुभएको छ । गीतमा आफूले मन पराएकी युवतीप्रति युवाले व्यक्त गर्ने भावनालाई देखाइएको छ ।
गीतमा सन्दीपबाबु लोहनी र समिया कार्कीको अभिनय रहेको छ । गीतको भिडियोलाई राजीव समरले निर्देशन गर्नुभएको छ ।