शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
साहारा लिम्बू
फुङलिङ, चैत ६ गते। ताप्लेजुङमा लडेर एक जनाको मृत्यु भएको छ। आगोबाट बच्नलाई भागेका पुरुषको बारीको डिलबाट लडेर मृत्यु भएको हो।
आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादीनका ७५ वर्षीय सुरेन्द्र तामाङको बुधबार दिउँसो मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले जानकारी दिनुभएको छ। उहाँका अनुसार तामाङको खुट्टामा आफ्नै बारीमा झ्यास डढाउने क्रममा एक्कासी ठूलो बलेको आगोले पोलेको थियो।
आगोले खुट्टा पोलेपछि जोगिनलाई भाग्ने क्रममा बारीको डिलबाट उहाँ लड्नु भएको थियो। लडेर तामाङ ७/८ मिटर तल झरेको प्रहरीको भनाइ छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।