• ३ चैत २०८१, आइतबार

‘शिक्षा क्षेत्र राष्ट्रको मेरुदण्ड’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ३ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले शिक्षा क्षेत्र राष्ट्रको मेरुदण्ड भएको बताउनुभएको छ । काठमाडौँको कौटिल्य ग्लोबल स्कुलको २९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै लामाले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “मान्छेको मेरुदण्ड भाँच्चियो भने कुनै काम गर्न सक्दैन । शिक्षा पनि राष्ट्रको मेरुदण्ड हो । त्यसैले विद्यालयमा गुणस्तरीय शिक्षाको जरुरी छ ।” शिक्षा क्षेत्र देशको सर्वाङ्गीण विकासका लागि महत्वपूर्ण भएको र शिक्षा क्षेत्रमा निजी क्षेत्रका विद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । 

कार्यक्रममा विद्यार्थीले कविता नृत्य, नाटक प्रस्तुत गरेका थिए भने विज्ञानसम्बन्धी प्रदर्शनी, पुस्तक प्रदर्शनी र फुड स्टल पनि राखिएको थियो । कार्यक्रममा कौटिल्य ग्लोबल स्कुल एजुकेसन फाउन्डेसनका अध्यक्ष नारायण काफ्ले, बागमती प्रदेश सदस्य सुनिल केसी, एकीकृत उपभोक्ता समितिका अध्यक्ष उज्वल केसी, कौटिल्य ग्लोबल स्कुलका प्राचार्य बी.डी. निरौला लगायतको उपस्थिति रहेको थियो ।