• ३ चैत २०८१, आइतबार

नागरिक लगानी कोषको प्रभातफेरी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ३ गते । नागरिक लगानी कोषले ३५ औँ वार्षिकोत्सवका अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । कोषले चैत ४ गते ३५ औँ वार्षिकोत्सव कार्यक्रम मनाउँदै छ । प्रभातफेरीमा कोष सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा कार्यकारी निर्देशकलगायत सम्पूर्ण कर्मचारीले सहभागिता जनाउनुभएको थियो । 

कोषको कार्यालयपरिसरबाट ब्यानरसहित सुरु भएको प्रभातफेरी कार्यक्रम तीनकुने, सिनामङ्गल, पुरानो बानेश्वर हुँदै कोषपरिसरमा आएर सम्पन्न भएको हो । वार्षिकोत्सवको अवसरमा कोषले विभिन्न खेलकुद तथा रक्तदानका कार्यक्रम गर्दै आइरहेको जनाएको छ ।