• २९ फागुन २०८१, बिहिबार

पूर्वराष्ट्रपतिद्वारा होलीको शुभकामना

blog

काठमाडौँ, फागुन २९ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशविदेशमा रहनुभएका नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल एक्सबाट शुभकामना व्यक्त गर्दै उहाँले फागुपूर्णिमालगायत पर्वबाट आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बढाउने बताउनुभको छ । 

“वसन्त ऋतुको मौसममा मनाइने रङहरूको पर्व फागुपूर्णिमा [होली]को अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक मङ्गलय शुभकामना बच्चादेखि वृद्ध हरेक उमेर समूहले हर्षोल्लासका साथ मनाउने यो पर्वले सबैको जीवनमा आनन्द र खुसीको रङ भर्दै आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझै प्रगाढ बनाउनेछ भन्ने मेरो विश्वास छ”, एक्समा उहाँले लेख्नुभएको छ ।