• १३ साउन २०८१, आइतबार

युक्रेनबाट खाद्यान्न निर्यातका लागि सहयोग

blog

ब्रसेल्स, जेठ १८ गते । युरोपियन कमिसनले युक्रेनबाट खाद्यान्नको निर्यातका लागि सहयोग गर्ने जनाएको छ । युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियनले सो कुरा बताउनुभएको हो ।उहाँले युरोपियन कमिसनले युक्रेनबाट खाद्यान्न निर्यात गर्न सक्ने वातावरणका लागि आवश्यक सहयोग गर्नेतर्फ लागेको बताउनुभएको हो ।

यसै महिनाको सुरुवातमा युरोपियन कमिसनका अधिकारीहरुले युक्रेनले आवश्यक मात्रामा खाद्यान्न निर्यात र आयात गर्न पाउनुपर्ने भन्दै त्यसका लागि वातावरण बनाउन विदेशी समुदायसँग आग्रह गरेको थियो ।

युक्रेनमा मानवीय सहायतास्वरुप विभिन्न देशले उपलब्ध गराएको खाद्यान्न आयात गर्न र त्यहाँ रहेका कतिपय खाद्यान्नहरु निर्यात गर्न पाउनुपर्ने गरी वातावरण मिलाउनुपर्ने माग यसअघि उठ्दै आएको थियो ।

युक्रेनमा रुसले गरेको हमलामा परी ठूलो जनधनको क्षति पुगेको छ । त्यहाँ अहिले पनि कतिपय स्थानमा रुसी सैन्य हमला जारी नै रहेको छ । यस सैन्य आक्रमणबाट यहाँका नागरिकमा खाद्यान्न लगायतका मानवीय सहायताका सामग्रीहरुको खाँचो रहेको बताइएको छ ।