• २० वैशाख २०८१, बिहिबार

लाजपूर्जा पाउनुपर्ने माग राख्दै भूमीहिनको धर्ना

blog

लालपूर्जाको माग राख्दै व्यास नगरपालिकामा धर्ना दिएका भूमिहिन तथा अव्यस्थित बसोबासीहरु । तस्बिरः अमरराज नहर्की

तनहुँ, जेठ १८ गते । भूमीहिनहरुले लालपूर्जा पाउनु पर्ने माग राख्दै व्यास नगरपालिकामा धर्ना दिएका छन् । नगरपालिकाका सुकम्बासी तथा अव्यवस्थित बसोबासी तथा भूमीहिन नागरिकले प्रमुख प्रशासकीय अधिकृत समक्ष ध्यानाकार्षणपत्र बुझाउनुका साथै धर्ना दिएर दवाब दिन थालेका हुन् ।  

ध्यानार्काषणपत्र बुझाउनेमा अधिकांश व्यास नगरपालिकाको वडा नं १०,११ र १२ का बासिन्दा रहेका छन् । वर्षौ देखि लालपुर्जा नपाएकोले लाजपुर्जा छिटो भन्दा छिटो वितरणको व्यवस्थ मिलाउन माग राख्दै प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल समक्ष मङ्गलबार  ध्यानाकर्षण पत्र बुझाउनुभएको हो । भूमिहीन, दलित सुकुम्बासी र अव्यवस्थित बसोबासी जनताको रेर्कड अपडेट गरेर दु्रत गतिमा काम अघि बढाउन माग गर्दै सुकुम्बासीका प्रतिनिति पृथ्वी भुजेलले ध्यानाकर्षण पत्र बुझाउनु भएको छ ।

व्यास नगरपालिकाले सबै वडामा एक हप्ताभित्र भूमिहीन सुकुम्बासीका समस्यालाई सम्बोधन हुने गरी काम गर्न उनीहरुको जोडदार माग रहेको छ । उक्त अवसरमा बोल्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत सिग्देलले सरकारले भूमिहीन सुकुम्वासीलाई भूमिको पति बनाउने गरी प्रक्रिया अघि बढाएको उल्लेख गर्नुहुँदै  जनशक्ति परिचालन गरेर जति सक्दो चाँडो काम गर्ने तर्फ लाग्ने प्रतिबद्दता व्यक्त  गर्नुभयो । 

 भूमि आयोग र व्यास नगरपालिकाका कर्मचारी संयुक्त रुपमा खटाएर भएपनि सुकुम्बासीका समस्याका बारेमा काम गर्न आफु सकारात्मक भएर अघि बढ्ने उहाँले बताउनुभयो । नगरपालिकका वरिष्ठ इन्जिनियर रबिन्द्रलाल मुलले लगत संकलन र तथ्याङ्क भर्ने गर्ने कार्य झन्झाटिलो हुनु र जनशक्ति कमी भएकाले सोचे अनुरुप काम गर्न नसकिएको बताउनुभयो ।  एक जना कर्मचारीले दिनभरीमा १० देखि १३ वटासम्म तथ्याङ्क इन्ट्री गर्न सक्ने हुँदा ढिलाई भएको उहाँले जानकारी दिनुनभयो । तथ्याङ्क इन्ट्री भैसकेका वडाहरुमा अमिन लगेर नापजाँच गर्न सकिने छ । मुलका अनुसार हालसम्म  नगरपालिकाको १४ वडा मध्ये वडा नम्बर २ को मात्रै दश हजार तथ्याङ्क इन्ट्री भएको छ भने बाँकीको हुन बाँकी रहेको छ  । 

भूमि आयोग तनहुँका विज्ञसदस्य श्रीराम कार्कीले स्थानीय सरकारले स्थानीय पालिका मार्फत वडा कार्यालयबाट तथ्याङक संकलन गरी अपडेट गर्नुपर्ने कार्यमा ढिलासुस्ती भएकोले आयोगलाई काम गर्न कठिन भएको बताउनुभयो । भूमिहीन, अव्यव्यस्थित बसोबास गर्ने नागरिकहरुले दैनिक भूमि आयोगमा आएर दबाब दिन थालेको उहाँले जानकारी दिनुभयो ।

 स्थानीय सरकारसँग अधिकार धेरै भएकोले त्यहाँबाट सिफारिस आएप्छि मात्रै अमिन खटाउन सकिने काकीले जानकारी दिनुभयो । दु्रत गतिमा काम गर्न दबाब दिने उद्देश्यले धर्ना दिने र ध्यानाकर्षणपत्र बुझाएको व्यास नगरपालिका वडा नम्बर १० नयाँ बस्ती लालबहादुर सार्कीले जानकारी दिनुभयो ।  व्यास नगरपालिकामा १० हजार जना अव्यवस्थित बसोवासी, सुकमवासी तथा भूमिहीनको निवेदन प्राप्त भएको छ । माथागढीमा निवेदन दिनेमध्ये अधिकांश निवेदक अव्यवस्थित बसोवासी रहेको वरिष्ठ इन्जिनियर मुलले जानकारी दिनुभयो । निवेदन सङ्कलन भएका स्थानमा जग्गाको नापजाँच गर्ने तथा अन्य प्रक्रिया टुङ्याएर काम अगाडि बढाईने विज्ञ सदस्य कार्की बताउनुहुन्छ । 

Author

अमरराज नहर्की