• २४ वैशाख २०८१, सोमबार

कैदी आत्महत्या घटनाको स्थलगत अनुसन्धानका लागि समिति गठन

blog

काठमाडौँ, जेठ १७ गते । गृहमन्त्री बालकृष्ण खाणले रोल्पा कारागारमा कैदीको आत्महत्या घटनाको छानबिनका लागि समिति गठन गर्नुभएको छ । रोल्पा कार्यालयमा जेठ ४ गते कैदी सुन्दर हरिजनले झुण्डिएर आत्महत्या गरेको घटना सम्बन्धमा स्थलगत छानबिन गरेर प्रतिवेदन पेस गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेकाे हो । 

गृहमन्त्री खाणले मंगलबार मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो । समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्रीस्तरीय निर्णयबाट कार्यादेश दिइएको मन्त्रालयका सूचना अधिकारी बसन्त भट्टराईले जानकारी दिनुभयो। 

समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहनुभएको छ । 

यसअघि हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न बनाइएको कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईं नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाइसकेको मन्त्रालयका सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो ।