• २५ वैशाख २०८१, मङ्गलबार

प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे

blog

काठमाडौं, जेठ १७ गते। प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने भएको छ।  मंगलबार दिउँसो ११ बजे सुरु भएको बैठक साँझ साढे पाँच बजेसम्म चलेको थियो। बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएको हो। 

अर्थमन्त्री जनार्दन शर्माले बैठकको सुरुमा ‘आर्थिक वर्ष २०७९र०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।

सभामुख अग्निप्रसाद सापकोटाले राजश्व र व्ययको वार्षिक अनुमानमाथि अर्को बैठकमा थप छलफल हुने जानकारी गराउनुभएको छ।