• ७ जेठ २०८१, सोमबार

उद्यम प्रस्ताव धितोमा ऋण

blog

गोरखापत्र समाचारदाता  

काठमाडौँ, जेठ १७ गते । आगामी वर्षको बजेटमा युवा तथा खेलकुद मन्त्रालयको कुल दुई अर्ब ४६ करोड रुपियाँ विनियोजन भएको छ । खेलकुदतर्फ दुई अर्ब नौ करोड रुपियाँ र ३७ करोड रुपियाँ युवाका क्षेत्रमा विनियोजन भएको हो । 

जनसाङ्ख्यिक लाभका रूपमा रहेका नेपाली युवाको रोजगारीको विषय आगामी आर्थिक वर्षको बजेटमा नयाँ कार्यक्रमका साथ सम्बोधन हुन सकेको छैन । अघिल्ला वर्षका सीमित कार्यक्रमलाई मात्र निरन्तरता दिइएको छ । 

म्यादी प्रहरीका रूपमा कार्यरत युवालाई लक्षित गरी उद्यमशीलता र स्वरोजगार केन्द्रित कार्यक्रम सञ्चालन गर्ने विषय बजेट वक्तव्यमा समावेश छ । उनीहरूको रुचिको विषयमा तालिम दिएर कृषि, वनजन्य र अन्य उद्यममा संलग्न हुने अवसर उपलब्ध गराउने भनिएको छ । म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलका रूपमा उपयोग गर्न आवश्यक व्यवस्था मिलाइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।