• १७ फागुन २०८१, शनिबार

‘निजी क्षेत्रसँग मिलेर समृद्धि’

blog

लेखनाथ समाचारदाता

लेखनाथ, फागुन १७ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अनेकौँ आन्दोलनपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत, सुदृढ र विकसित बनाउनुको विकल्प नभएको बताउनुभएको छ । परिवर्तनका लागि आन्दोलन अब आवश्यक नभएको जनाउँदै उहाँले अब आर्थिक विकास नै सबै नेपालीको साझा सपना हुनुपर्नेमा जोड दिनुभयो । 

नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशको तेस्रो स्थापना दिवस तथा अन्तव्रिर्mयामा उहाँले अब जनताले खोजेको समृद्धि र विकास पुँजीवादी अर्थ व्यवस्थाबाट मात्र सम्भव हुने विचार व्यक्त गर्नुभयो । नेपालको आर्थिक समृद्धिका लागि उद्योग, व्यापार, लगानी र उद्यमशीलताको प्रवर्धनमा नेपाली कांग्रेसको दृष्टिकोण र प्रतिबद्धतालाई अझ मजबुत बनाउँदै लैजाने उहाँको भनाइ छ ।

“स्वस्थ प्रतिस्पर्धा, नवीन सोच र समावेशी विकासको बाटोबाट मात्रै समृद्ध नेपालको परिकल्पना सम्भव छ,” उहाँले भन्नुभयो, “सरकारले निजी क्षेत्रलाई सँगसँगै लिएर अगाडि बढ्न सक्यो भने मात्र देशको अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ ।” महामन्त्री थापाले देश र नागरिक समृद्ध भए मात्र विकास निर्माणले गति लिने र परिवर्तनका सपना साकार हुने उल्लेख गर्नुभयो ।  

नेपाली कांग्रेस देशको अर्थतन्त्रलाई बलियो बनाउँदै विकास निर्माणलाई तीव्र बनाउने पक्षमा रहेको उहाँको भनाइ छ । “अर्थतन्त्र बलियो नभएसम्म सरकारले कुनै पनि विकास निर्माणका कार्यलाई गति दिन सक्दैन, विकास, निर्माणबिना अहिलेको निराशा चिरिनेवाला छैन,” उहाँले भन्नुभयो ।  देशलाई आवश्यक ऐन लामो समयदेखि बन्न नसक्दा सरकारले अध्यादेश ल्याउनु परेको उहाँको भनाइ छ । नेपाली कांग्रेसले आफूले गरेका कामबारे जनतामा प्रचार गर्न नसक्दा पछि परेको भन्दै उहाँले क्रान्ति र विकासमा पार्टीले गरेका योगदान जनतासम्म लैजान आग्रह गर्नुभयो । उहाँले कांग्रेसले बिपी कोइरालाको पालादेखि नै बिर्ता उन्मूलन गर्दै गरिब, पिछडिएको वर्ग र राष्ट्रिय पुँजीपति वर्गलाई सँगसँगै लैजान थालेको जनाउनुभयो । 

नेपालको समृद्धिको सम्भावना खोज्दा जलस्रोत, पर्यटन र कृषिमै आधारित हुनुपर्ने उहाँको ठम्याइ छ । प्राकृतिक रूपमा विविधतापूर्ण र धनी भएकाले पर्यटनमार्फत समृद्धिका लागि सरकार र निजी क्षेत्रबिच बलियो सहकार्य जरुरी भएको उहाँले उल्लेख गर्नुभयो । 

कार्यव्रmममा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुव्रmराज शर्माले स्वतन्त्र रूपमा उद्योग, व्यवसाय सञ्चालनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उद्योगी, व्यवसायीलाई प्रोत्साहन गर्ने र युवामा देशमै केही गर्न सकिन्छ भन्ने भावना बढाउनुपर्नेमा उहाँको जोड छ । 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलले कम्युनिस्ट पार्टीहरूले लिएका दृष्टिकोणमा विरोधाभाष भएको दाबी गर्दै देशको समृद्धिको नेतृत्व कांग्रेसको योजना अनुसार सम्भव हुने जनाउनुभयो । उहाँले देशको मौद्रिक तथा वित्तीय अवस्थाबारे प्रकाश पार्नुभयो । 

अर्थविद् अरुणकुमार सुवेदीले पूर्वाधार : शिक्षा, स्वास्थ्य पर्यटन र नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्रको महìव र भूमिकाबारे सहभागीलाई प्रशिक्षण दिनुभएको छ ।