• १४ फागुन २०८१, बुधबार

फुङ्लिङमा हट्यो निषेधाज्ञा

blog

फुङलिङ, फागुन १४ गते । ताप्लेजुङमा जारी निषेधाज्ञा गएरातिदेखि अन्त्य भएको छ ।  

गत माघ ११ गते बिहानदेखि जारी अनिश्चितकालिन निषेधाज्ञा हिजो [मङ्गलवार] राति ११ बजेदेखि अन्त्य भएको हो । हिजो दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकको सिफारिस अनुसार ३ दिनदेखि जारी निषेधाज्ञा अन्त्य गरेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।

कार्यालयले शनिवार राति एक विज्ञप्ति जारी गर्दै फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस र स्थानीय स्तरमा हुलदङ्गा, झडप साथै प्रतिकुल स्थितिको सृजना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिका कारण निषेध आदेश जारी गरेको थियो ।

यो पनि पढ्नुहोस

फुङ्लिङ र पाथीभरा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा

फुङ्लिङमा अनिश्चितकालीन निषेध आदेश जारी

ताप्लेजुङमा नो केबलकार पक्षधर र प्रहरीबिच भएको झडप भएपछि थप शान्ति सुरक्षा कायम गर्न प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । फुङलिङ बजार र काफ्ले पाटी क्षेत्रका चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ संशोधन सहिते को दफा ६ को उपदफा ३ ‘क’ बमोजिम निषेधित क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन, घेराउ जस्ता कार्यक्रम गर्न निषेध गरिएको थियो ।

फुङलिङ नगरपालिका बजार क्षेत्रभित्र पर्ने पूर्व – फुङलिङ नगरपालिका वार्ड नं। ७ सल्लेरी, पश्चिम– फुङलिङ नगरपालिका वार्ड नं। ७ घोडे चौरथलङ धारा क्षेत्र सम्म, उत्तर– फुङलिङ नगरपालिका वार्ड नं। ४ उकालीपानी, दक्षिण– फुङलिङ नगरपालिका वार्ड नं। ६ शेर्पा टोल भेटनरी कञ्चनजङ्घा टोलमा निषेध आदेश लागु भएको थियो ।

यस्तै प्रशासनले काफ्ले पाटी बल्लुडाँडा क्षेत्रमा पूर्व – पर्यटक प्रहरीको भवनको सय मिटर इलाका, पश्चिम – बल्लुडाँडा –डडेले इलाका, उत्तर – केबलकार बेस स्टेसन [पानीको मुहान] इलाकाको सय मिटर पर र दक्षिण – नयाँ बसपार्क इलाकाको एक सय मिटर जङ्गल इलाकामा समेत निषेधाज्ञा जारी गरेको थियो ।

Author
साहारा लिम्बू

उहाँ ताप्लेजुङबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।