• ९ मंसिर २०८१, आइतबार

मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

blog

काठमाडौं, जेठ १६ गते । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसमविज्ञान विभागका अनुसार नेपालमा हाल स्थानीय वायु, भारतको उत्तरप्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण प्रदेश नं एक, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै  स्थानमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरिसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

उक्त प्रणालीको प्रभाव अझै केही दिन कायम रहने बताइएको छ । रातिको समयमा प्रदेश न १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । मधेश प्रदेशका थोरै भूभागमा हल्कादेखि मध्यम वर्षा र प्रदेश नं १ बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ  र  हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मङ्गलबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।