• ७ वैशाख २०८१, शुक्रबार

चालु वर्ष १० लाख पर्यटक भित्र्याइने

blog

काठमाडौं, जेठ १५ गते । अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक वर्षमा १० लाख पर्यटक नेपाल भित्र्याउने बताउनुभएको छ । संयुक्त सदनको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो जानकारी दिनुभएको हो ।

नेपालको संस्कृति र सभ्यताको प्रवर्द्धन गर्दै चालु वर्ष १० लाख पर्यटक भित्र्याउने योजना, औद्योगिक विकासको लागि वैदेशिक लगानी प्रवर्धन गरिनेछ ।

उद्योग तथा वाणिज्य मन्त्रालयका लागि १० अर्ब ४८ करोड रकम विनियोजन, आरोहणका लागि निर्माण गरिएका पदमार्गको पुनर्निर्माण गरिनेछ । निर्माणाधीन औद्योगिक क्षेत्र र औद्योगिक ग्रामको निर्माणकार्य समयसीमाभित्रै सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।

पर्यटकीय गन्तव्यको यात्रा सहज बनाउन सडक निर्माण गर्नेगरी बजेट विनियोजन, ग्रेट हिमालयन ट्रेड निर्माणका लागि ३३ करोड र  स्थानीय तहको २१६ स्थानमा सञ्चालित पर्यटक पूर्वाधार कार्यक्रमका लागि ९० करोड रुपियाँ विनियोजन गरिएको छ ।

काठमाडौंमा नेवा सङ्ग्रहालय
काठमाडौंमा नेवा संग्रहालय निर्माण र पोखरामा गुरुङ मौलिक केन्द्र स्थापना गरिनेछ, पर्यटन क्षेत्रका लागि नौ अर्ब ३८ करोड विनियोजन, एकै ठाउँम मूर्ति अवलोकन गर्ने गरी सङ्ग्रहालय बनाउने योजना छ ।

भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनर्निर्माणको कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न दुई अर्ब रुपियाँ रकम विनियोजन, नागरिक उड्डयन र हवाई सेवाको लागि १२ अर्ब २४ करोड रकम विनियोजन, धनगढी विमानस्थललाई स्तरोन्नति गरेर क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिनेछ ।

घर जग्गाको मूल्याङ्कन प्रणालीलाई एकरुपता ल्याइनेछ । जग्गाको नापजाँच गरेर जग्गाधनी प्रमाणपत्र प्रदान गरिनेछ, दिगो रुपमा गरिबी कम गर्ने योजना अगाडि बढाइनेछ, सहरी गरिबलाई सीपमुलुक तालिम प्रदान गरिनेछ । निजका लागि सुविधा सम्पन्न अपार्टमेन्ट निर्माण गरिनेछ ।

घरबारविहीनलाई आवास र सहरी बेरोजगारलाई रोजगारी दिन सीप मुलुक तालिम दिइनेछ, धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइनेछ । सहकारीको ५० प्रतिशत रकम उत्पादनमूलक काममा लगानी गरिनुपर्नेछ, भूमि व्यवस्था मन्त्रालयको सात अर्ब चार करोड विनियोजन छ ।

Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।