काठमाडौँ, माघ ३० गते । नेपाल विद्युत् प्राधिकरणले विद्युतको लाइन भूमिगत गर्नका लागि होरिजेन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार काठमाडौँको बबरमहलमा खानेपानीको पाइप फुटेको छ ।
खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेपछि बुधबार दिउँसोदेखि बबरमहल क्षेत्र जलमग्न भएको हो । खानेपानीको पाइप फुटेको खबर सुनेलगत्तै खानेपानी मन्त्री प्रदीप यादवले बबरमहल क्षेत्रमा पुगेर अवस्थाको निरीक्षण गर्नुभएको छ ।
तस्बिरः केशब गुरुङ