राजु लामिछाने
रुकुमपश्चिम, माघ २७ गते । रुकुमपश्चिममा घरकै चुल्होमा परेर जलेका एक ६ महिने नाबालकको मृत्यु भएको छ ।
जिल्लाको आठबिसकोट नगरपालिका–१३ पाखापानी निवासी बिमला सिङका ६ महिनाको छोरा बिन्दास पुनमगरको उपचारको क्रममा मृत्यु भएको हो ।
नाबालक आइतबार बिहान घरमा कोही नभएको बेला चुल्होमा परेर पोलिएका थिए । गम्भिर घाइते अवस्थाका नाबालकलाई उपचारका लागि चौरजहारी अस्पताल ल्याइएको बेला मृत्यु भएको हो ।
मृतक नाबालका आमा बिमलाका अनुसार आफू कामका लागि भान्साकोठा बाहिर निस्केको बेला बच्चा चुल्होमा परेर घाइते भएका थिए । मृतक बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइँदै गरेको बताइएको छ ।