• १० जेठ २०८१, बिहिबार

नीति तथा कार्यक्रमले आत्मनिर्भर उन्मुख अर्थतन्त्रलाई जोड दिएको छ : प्रचण्ड

blog

तस्बिर : सुजन गुरुङ

काठमाडौं, जेठ १४ गते । नेकपा (आमोवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमले आत्मनिर्भर उन्मुख अर्थतन्त्रलाई जोड दिएको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नुहुँदै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।

सरकारको नीति तथा कार्यक्रममाथि शनिबार पनि छलफल जारी छ ।

‘‘नीति तथा कार्यक्रमले कसरी आयात प्रतिस्थापन गर्ने र नियात प्रबर्ध्दन गर्ने विषयमा जोड दिएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘आत्मनिर्भर अर्थतन्त्रको जर्गेना गर्नका निम्ति कृषि क्षेत्रलाई उच्च प्राथमिताका साथ उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिने विषय नीति तथा कार्यक्रममा छ ।’’

अध्यक्ष प्रचण्डले कृषिमा आधारित उद्योगहरु मार्फत् वेरोजगारी समस्या समाधान गर्नुका साथैे ऊर्जा, पर्यटनमार्फत् अर्थतन्त्रको स्थितिलाई सुदृढ गर्ने मनसाय नीति तथा कार्यक्रमले प्रष्ट रुपमा राखेको उल्लेख गर्नुभयो ।