काठमाडौँ, माघ २४ गते । दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय टिम च्याम्पियन बन्न सफल भएको छ । पोखरामा बिहीबार सम्पन्न प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय १३ स्वर्ण पदकसहित टिम च्याम्पियन बनेको हो ।
त्रिभुवन विश्वविद्यालयले थप नौ रजत र चार कांस्यसहित कुल २६ पदक जित्न सफल भयो । यस्तै तीन स्वर्ण दुई रजत र तीस्न कांस्य पदकसहित सुदूरपश्चिम विश्वविद्यालय दोस्रो र दुई स्वर्ण र तीन रजत पदकसहित मध्यपश्चिमान्चल विश्वविद्यालय तेस्रो भयो ।
सहआयोजक गण्डकी विश्वविद्यालयले एक स्वर्णसहित दुई रजत र पाँच कांस्य जित्यो । काठमाडौँ विश्वविद्यालयले दुई रजत र सात कांस्य जित्यो । पोखराले एक रजत तीन कांस्य प्राप्त गरेको छ ।
यस्तै पूर्वाञ्चाल विश्वविद्यालयले दुई कांस्य, कृषि तथा वनविज्ञान विश्वविद्यालयले दुई कांस्य र लुम्बिनी विश्वविद्यालयले एक कांस्य पदकमा चित्त बुझाएको छ । च्याम्पियनसिपमा पुरुष भलिबल, महिला पुरुष एथलेटिक्स, व्याडमिन्टन र टेबलटेनि खेलमा गरी १९ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।