लस एन्जलस, माघ २३ गते । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मङ्गलबार २१ वटा स्टारलिङ्क उपग्रह प्रक्षेपण गरेको छ ।
स्पेसएक्स एक एयरोस्पेस निर्माता र अन्तरिक्ष यातायात कम्पनी हो, जुन सन् २००२ मा एलोन मस्कद्वारा स्थापना गरिएको थियो । यसले अन्तरिक्ष यात्राको लागत घटाउने लक्ष्य राखेको छ।
स्पेसएक्सका अनुसार फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट फाल्कन ९ रकेटबाट पूर्वी समय बिहान ५ः१५ मा उपग्रहहरू प्रक्षेपण गरिएको थियो ।
स्पेसएक्सले पछि २१ स्टारलिङ्क उपग्रहहरूको तैनाती पुष्टि गर्यो, जसमा १३ डायरेक्ट–टू–कल क्षमताहरू भएका उपग्रह रहेका छन् ।
स्टारलिङ्क निजी अन्तरिक्ष उडान कम्पनी स्पेसएक्सद्वारा दुर्गम स्थानमा कम लागतको इन्टरनेट उपलब्ध गराउन विकसित गरिएको उपग्रह नेटवर्कको नाम हो । एउटा स्टारलिङ्क उपग्रहको आयु लगभग पाँच वर्षको हुन्छ ।
स्पेसएक्सका अनुसार, स्टारलिङ्कले उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पहुँच पूर्णरूपमा अनुपलब्ध भएका स्थानमा पुर्याउनेछ । रासस, सिन्ह्वा