• २२ माघ २०८१, मङ्गलबार

धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा चार घाइते

blog

सडक छेउमा पल्टेको बस । तस्बिर : रमित पाण्डेय

अविनाश चौधरी

धनगढी, माघ २२ गते । काठमाडौंबाट धनगढी आउँदै गरेको शिवपुरी यातायातको बस कैलालीको लम्कीचुहा नगरपालिका–३ गोराङ्गेमा दुर्घटना भएको छ। 

सु.प. प्रदेश ०४–००१ ख ००२ नम्बरको ४५ जना यात्रु बोकेको बस आज दुर्घटना भएको हो । दुर्घटनामा परी चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा दार्चुलाकी २२ वर्षीया सपना बोहराको पेटमा चोट लागेको जनाइएको छ । उहाँको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ । 

तीन जना सामान्य घाइते र बाँकी अरू यात्रु सकुशल रहेका जनाइएको छ । सडक छेउको नालीमा बस आफै पल्टेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।