• २२ माघ २०८१, मङ्गलबार

स्कार्पियो जिप दुर्घटनामा पाँच जना घाइते

blog

दुर्घटनाग्रस्त स्कार्पियो । तस्बिर : जिल्ला प्रहरी कार्यालय स्याङ्जा

राधाकृष्ण डुम्रे
वालिङ, माघ २२ गते ।
स्याङ्जाको वालिङमा स्कार्पियो जिप दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।

स्याङ्जा–पर्वत सडकखण्डमा वालिङबाट सिरबानीतर्फ जाँदै गरेको ग १ च ८९१३ नम्बरका स्कार्पियो जीप मङ्गलबार बिहान वालिङ नगरपालिका–१४ तमादीमा दुर्घटना भएको हो ।

दुर्घटना हुँदा पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

घाइतेहरुमा वालिङ नगरपालिका–१४ सिरवानीका ६३ वर्षीय उमापति डुम्रे, सोही ठाउँका भीमप्रसाद डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे, पर्वतको पैयुँ गाउँपालिका–६ हुवास बस्ने ३३ वर्षीय कुमाकला तिवारी र निजको छोरा ११ वर्षीय कमल तिवारी छन् ।

घाइते पाँच जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप बाटोदेखि अन्दाजी ४ मिटर तल खसेको प्रहरीको भनाइ छ ।