• १३ साउन २०८१, आइतबार

राष्ट्रिय एकताका लागि खेल क्षेत्रको भूमिका महत्वपूर्ण छः प्रचण्ड

blog

काठमाडौं, जेठ १३ गते।  पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता कायम गर्न खेल क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ।

शुक्रबार काठमाडौंमा आयोजित आठौँ अन्तर्राष्ट्रिय सगरमाथा प्रतियोगिताको  उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

नेपालमा खेल क्षेत्रको विकासको लागि अनुकुल वातारण रहेको बताउदै उहाँले आउने दिनमा खेल क्षेत्रले अझ फड्को मार्दै जाने उहाँको विश्वास छ।

नेपालले क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नौ प्रदर्शन बढाउदै लगेको प्रचण्डको भनाइ छ।  खेलमार्फत् खेलाडीले आफ्नो र  देशको संयन्त्रलाई विस्तार गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।