काठमाडौं, माघ २० गते । गोरखापत्र दैनिकमा कार्यरत पत्रकार गोपालचन्द्र सुवेदीलाई पितृशोक परेको छ । उहाँका ७५ वर्षीय बुवा रमेशचन्द्र सुवेदीको आइतबार बिहान ११ः२० बजे काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा निधन भएको हो ।
उहाँका आफन्त राजन आचार्यका अनुसार, स्वर्गीय सुवेदीको पार्थिव शरीरलाई आइतबार साँझ पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने छ । सुवेदी लामो समयदेखि मुटु रोगबाट पीडित हुनुहुन्थ्यो र उहाँको शिक्षण अस्पतालको मनमोहन कार्डियोलोजी भाष्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टर महाराजगन्जमा उपचारको क्रममा निधन भएको हो ।
प्युठान जिल्लाको प्युठान नगरपालिका वडा नं. ४ टारीमा स्थायी बसोवास गर्दै आउनु भएका सुवेदी हाल काठमाडौंको स्युचारटारमा बस्दै आउनु भएको थियो । स्वर्गीय सुवेदीका श्रीमती, चार छोरी र एक छोरा हुनुहुन्छ । उहाँका जेठो छोरा नरेशचन्द्र सुवेदीको यसअघि नै निधन भइसकेको छ ।