• १३ साउन २०८१, आइतबार

प्रतिनिधिसभा बैठक (लाइभ)

blog

फाइल तस्बिर

काठमाडौं, जेठ १३ गते । शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभाको दोस्रो बैठक जारी छ । बैठक शुक्रबार दिउँसो २ बजेदेखि सुरु भएको हो । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणाराख्नेक्रम जारी रहेको छ । 

प्रतिनिधिसभाको शुक्रबारको पहिलो बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सार्वजनिक विषयमा जानकारी गराउने क्रममा अमर्यादि शब्द परेको भन्दै प्रमुख विपक्षी दल नेकपा (एमाले)का सांसदले आपत्ति जनाउनुभएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर प्रस्तुत गरिएको शब्द हटाउन निर्देशन दिनुभएपछि प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको हो ।