गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १३ गते । राहदानी विभागले सेवाग्राहीको चापलाई ध्यानमा राखेर आइतबार बिदाको दिन पनि सेवा दिने भएको छ ।
सरकारले जेठ १ देखि लागू हुनेगरी शनिबार र आइतबार गरी साप्ताहिक दुुई दिन बिदा गरे पनि विभागले आइतबार भने सेवा दिने भएको हो । विभागले सूचनामार्फत विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराउने सरकारको नीतिअनुसार आउँदो आइतबार अर्थात् जेठ १५ देखि सार्वजनिक बिदाको दिन पनि राहदानीसम्बन्धी सेवा प्रदान गर्ने जानकारी गराएको छ ।