• १३ वैशाख २०८१, बिहिबार

सुक्रलाई प्रिमियर गल्फ उपाधि

blog

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधिसहित सुक्रबहादुर राई । तस्बिर : एनपीजीए

काठमाडौं, जेठ १२ गते । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि सुक्रबहादुर राईले जित्नुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा बिहीबार सम्पन्न चारदिने प्रतियोगितामा सुक्रले कूल १९ अन्डर २६९ खेल्नुभयो ।अन्तिम दिन सुक्रले तीन अन्डर ६९ खेल्नुभएको थियो । सिजनको तेस्रो उपाधि जित्नुभएको सुक्रको यो समग्रमा सातौं उपाधि हो । उपाधिसँगै उहाँले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

कूल १३ अन्डर दुई सय ७५ खेल्नुभएका निरज तामाङ दोस्रो हुनुभयो । अन्तिम दिन दुई ओभर ७४ मा चित्त बुझाउनु भएका निरजले एक लाख ५५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । १२ अन्डर दुई सय ७६ खेल्नुभएका घरेलु प्रो भुवन नगरकोटी तेस्रो हुनुभयो । अन्तिम दिन दुई अन्डर ७० खेल्नुभएका भुवनले एक लाख १० हजार रुीपयाँ पुरस्कार पाउनुभयो । 

एमेच्योरतर्फ वानचेन ढोन्डुप पहिलो हुनुभयो । उहाँले कूल ११ अन्डर दुई सय ७७ स्कोर खेल्नुभएको थियो । सूर्य नेपाल गल्फ टुर अन्तर्गत बर्षको अन्तिम स्पर्धाको फाइनल चरणमा २२ प्रो र आठ एमेच्योरसहित ३० जनाले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको प्रारम्भिक चरणको ३६ होलमा ३४ प्रो र ११ जना एमेच्योरले भाग लिएका थिए । प्रोतर्फ शीर्ष २२ मा रहने गल्फरले आकर्षक नगद पुरस्कार प्राप्त गरे । एमेच्योरतर्फको विजेतालाई ट्रफी प्रदान गरिएको छ ।