• १६ भदौ २०८१, आइतबार

एक दिनमा दुई हजार १२४ कोरोना सङ्क्रमित

blog

नयाँदिल्ली, जेठ ११ गते । भारत २४ घण्टाको समयावधि अर्थात् मङ्गलबार मध्यरातिसम्म दुई हजार १२४ व्यक्ति कोरोनाका थप सङ्क्रमित भएपछि यहाँ कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३१ लाख ४२ हजार १९२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप १७ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ५०७ पुगेको छ । यस समयमा भारतमा १३० सक्रिय सङ्क्रमित सङ्ख्या बढेपछि हाल भारतभरि सक्रिय सङ्क्रमित १४ हजार ९७१ रहेकाे  सो मन्त्रालयले जानकारी दिएको छ ।

चौबीस घण्टाको समयावधि अर्थात् मङ्गलबार मध्यरातिसम्म एक हजार ९७७ कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २६ लाख २ हजार ७१४ लाई कोरोना सङ्क्रमण निको भएको छ ।