• ४ माघ २०८१, शुक्रबार

दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु

blog

जुबा, माघ ३  गते । दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपिडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी–इन–अपोजिसन (एसपिएलए– आईओ) बीच भएको झडपमा एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

नागेरो काउन्टीका कमिश्नर हेनरी बाङ्गडा असायाले हिंसाले ७९ हजार भन्दा बढी मानिसलाई विस्थापित गरेको बताउनुभयो । यसमध्ये धेरै अहिले झाडीमा लुकेका छन् । “बुधवार साँझ पनि लडाइँ जारी थियो । लडाइँ सुरु भएको ठाउँमा सेनाका भारी हतियारहरू गएको मैले देखेको छु । उहाँले लडाई पश्चिमी बहर अल गजल राज्यको बाजियामा फैलिएको उल्लेख गनुभयो ।”

एसएसपीडीएफका प्रवक्ता लुल रुई कोआङले कुब्री–बु ब्रिजमा रहेको अवैध चेकपोस्ट भत्काउन एसपिएलए–आईओ सेनाले अस्वीकार गरेपछि झडप सुरु भएको बताउनुभयो ।

कउङका अनुसार, एसपिएलए–आईओ बलहरू मङ्गलबार साँझ एसएसपीडीएफ–नियन्त्रित क्षेत्रमा प्रवेश गरे र आक्रमण सुरु गरे, जसको परिणामस्वरूप एक सैनिकको मृत्यु भयो र तीन जना घाइते भए । रासस, सिन्ह्वा