• २ माघ २०८१, बुधबार

पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता

blog

मर्क्युर होटेल उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली (बिचमा)सहित सहभागीहरु । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ,  माघ २ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सुकेधारामा निर्माण भएको मर्क्युर होटेलको आज उद्घाटन गर्दै पर्यटन उद्योगको विकासका लागि सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनी मातहतमा नेपालमा पहिलोपटक मर्क्युर होटेल सञ्चालामा आएको हो । 

त्यसअवसरमा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन उक्त होटेलले योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले होटेल व्यवसायमा मर्क्युरले नयाँपन दिँदै यस व्यवसायलाई प्रोत्साहन पुग्ने बताउनुभयो । रासस