• १२ असार २०८१, बुधबार

अमेरिकाबाट फिर्ता ल्याइएका मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण

blog

नेपालबाट वर्षौ पहिले चोरी भइ अमेरिकाको सिकागो पुगेका र मङ्गलबार नेपाल फिर्ता ल्याइएका पाँचौँ/छैटौँ शताब्दीका पाँच वटा मूर्तिहरु पुरातत्व विभागलाई हस्तान्तरण गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले गर्दै । तस्बिर कविता थापा

काठमाडौं, जेठ १० गते। अमेरिकाबाट नेपाल फर्काइएका पाँच वटा ऐतिहासिक मूर्ति मंगलबार पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ। 

मूर्ति फिर्ता गर्न पाउँदा नेपालस्थित अमेरिकी मिसनले खुशी व्यक्त गरेको छ। मिसन उपप्रमुख म्यानुएल मिकल्लेरले संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा अमेरिकाबाट फिर्ता ल्याइएका मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण गर्नुभएको हो । । 


अमेरिकाको डेन्वर म्युजिएमबाट फिर्ता भएको दशौं शताब्दीको उमामहेश्वर, शिकागो म्युजिएमबाट फिर्ता भएको छैटौं शताब्दीको चतुर्मुखी शिवलिङ्गसँगै नागराजा, पद्मपाणि, र शाक्यमुनि बुद्धका मूर्ति विभागलाई बुझाइएको हो। 

अमेरिकास्थित नेपाली दूतावासले अमेरिकी कम्पनी युपिएसको सहयोगमा कलाकृतिलाई नेपाल पठाएको हो। यसरी विदेश पुगेका मूर्ति आउनुलाई सम्पदा संरक्षणको महत्वपूर्ण कडीको रुपमा हेरिएको छ।