शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                अमरराज नहर्की
तनहुँ, जेठ १० गते। पृथ्वी राजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका-५ तल्लो गुणादीमा मङ्गलबार बिहान बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 
पोखराबाट दमौली जाँदै गरेको ना ४ ख ८४४५ नम्बरको बसले ग २० प ६३३६ नम्बर स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो। 
दुर्घटनामा तनहुँको भिमाद नगरपालिका-२ बस्ने ४० वर्षीया पवित्रा थापाको मृत्यु भएको हो। उहाँका छोरा २० वर्षीय सुशिर थापा गम्भीर घाइते हुनुभएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। 
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। 
  
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...