• १३ साउन २०८१, आइतबार

निर्वाचनले सङ्घीय व्यवस्था झन् बलियो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १० गते । उपराष्ट्रपति नन्दबहादुर पुनले स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै सङ्घीय शासन व्यवस्था अझै सुदृढ र बलियो भएको धारणा व्यक्त गर्नुभएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको १११औँ जन्मजयन्तीको अवसरमा युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा सोमबार राजधानीमा पुरस्कार समर्पण तथा कृति लोकार्पण कार्यक्रममा उपराष्ट्रपति पुनले निर्वाचनसँगै जनताको घरमा सिंहदरबार पुगेको बताउनुभयो । 

प्रतिष्ठानको तर्फबाट विभिन्न व्यक्ति र संस्थालाई पुरस्कृत तथा सम्मानित गर्दै उहाँले पुरस्कृत तथा सम्मानित हुनेहरूलाई देश र माटोप्रति थप जिम्मेवार हुन आग्रह गर्नुभयो । सो अवसरमा एक लाख रुपियाँ राशिसहितको युगकवि सिद्धिचरण पुरस्कार २०७९ सिस्नुपानी नेपाललाई प्रदान गरिएको छ । 

त्यसैगरी सञ्चारकर्मी गजुरधन राईलाई युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार २०७७, पारसप्रकाश नेपाललाई युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार २०७८ र लहना मिडिया काठमाडौँलाई युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार २०७९ प्रदान गरिएको छ । सो अवसरमा उपराष्ट्रपति पुनले डा. देवी नेपालद्वारा लिखित ‘युगकविको कवितामा छन्द विधान’ कृतिको लोकार्पण गर्नुभयो ।