• २५ वैशाख २०८१, मङ्गलबार

गण्डकी प्रदेशको बजेट अधिवेशन आह्वान

blog

कास्की  जेठ ९ गते । गण्डकी प्रदेश सभाको बजेट अधिवेशन २०७९ जेठ ११ गते दिनको १ बजे बस्ने भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बजेट अधिवेसन आह्वान गर्नुभएको हो । 

जेठ १२ गते बजेटका सिद्धान्त तथा प्राथमिकताहरू प्रस्तुत गर्ने तयारी सरकारले गरेको छ। बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सकिएपछि नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ ।