सुजल श्रेष्ठ
प्युठान, पुस ६ गते । नेपाली कांग्रेस प्युठानले पालिका सम्मेलन सुरु गरेको छ । जिल्लाका नौ वटै स्थानीय तहमा सम्मेलन गर्ने गरी शनिबार सरुमारानी गाउँपालिकाबाट पालिका सम्मेलन सुरु गरिएको नेपाली कांग्रेस प्युठानका सभापति बिष्णुकुमार गिरीले जानकारी दिनुभयो ।
सबै पालिका र वडा तहसम्म पार्टीको सम्मेलन गर्ने गरी मिति तय गरेको सभापति गिरीले जानकारी दिनुभयो । पालिका सम्मेलन पुस ६ देखि १६ गतेसम्म सम्पन्न गर्ने गरी निर्णय भएको सभापति गिरीले बताउनुभयो ।
सम्मेलनमा पार्टी निकट सबै भातृ तथा सुवेच्छुक सङ्गठनको ईकाइ गठन गरी आवश्यक प्रशिक्षण समेत गरिने सभापति गिरीको भनाइ छ । माण्डवी गाउँपालिकामा पुस ७ गते, स्वर्गद्वारी नगरपालिकामा पुस ८ गते, प्युठान नगरपालिकामा पुस ९ गते, मल्लरानी गाउँपालिकामा पुस १० गते, ऐरावती गाउँपालिकामा पुस १२ गते, झिमरुक गाउँपालिकामा पुस १३ गते, गौमुखी गाउँपालिकामा पुस १४ गते र नौबहिनी गाउँपालिकामा पुस १५ गते मिति तय गरिएको नेपाली कांग्रेस प्युठानले जनाएको छ ।