• ३ साउन २०८१, बिहिबार

काभ्रेको धुलिखेलमा पुनः एमालेबाट ब्याञ्जु निर्वाचित

blog

केदार तिमल्सिना 

बनेपा, जेठ ६ गते । काभ्रेको धुलिखेल नगरपालिकाको नगर प्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार अशोककुमार ब्याञ्जु श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँ धुलिखेल नगरपालिकाको नगर प्रमुख पदमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँले स्वतन्त्र उम्मेदवार विदुर बस्नेतलाई ९४० मतले पराजित गर्दै नगर प्रमुखमा निर्वाचित बन्नुभयो ।  

यसैगरी धुलिखेल नगरपालिकाको उपप्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार निराजन जङ्गम विजयी हुनुभएको छ । उहाँले एमालेकी लालतारा अधिकारीलाई १४७ मतले पराजित गर्नुभयो । । यसैगरी धुलिखेल नगरपालिकाको वडा अध्यक्षमा काग्रेसका सन्तबहादुर लामा, वडा नम्बर २ मा एमालेका अर्जुन घोरासाईने, वडा नम्बर ३ मा एमालेका गणेश आचार्य, वडा नम्बर ४ मा काँग्रेसका उत्तमप्रसाद तिमल्सिना, वडा नम्बर ५ मा एमालेका प्रमोदसुन्दर श्रेष्ठ, वडा नम्बर ६ मा काँग्रेसका सञ्जय कोँजु निवार्चित हुनुभयो ।  

यसैगरी वडा नम्बर ७ मा राप्रपाका रोमीप्रसाद ब्याञ्जु, वडा नम्बर ८ मा बिनोद गौतम, वडा नम्बर ९ मा काँग्रेसका बद्रीप्रसाद हुमागाँई, वडा नम्बर १० मा काँग्रेसका गोविन्दप्रसाद उपाध्याय, वडा नम्बर ११ मा एमालेका नारायणप्रसाद बडाल र वडा नम्बर १२ मा एमालेका मोहनप्रसाद लामिछाने विजयी हुनुभयो ।