• १९ असार २०८१, बुधबार

सरकारको नीति तथा कार्यक्रम मंगलबार हुने

blog

काठमाडौं, जेठ ६ गते। सरकारको नीति तथा कार्यक्रम जेठ १० गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने भएको छ। 

जेठ १० गते दिउँसो ४ बजे बस्ने  संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ। प्रतिनिधिसभाको अर्को बैठक नीति तथा कार्यक्रम प्रस्तुत भएपछि २०७९ जेठ १० गते साँझ ६ बजे बस्नेछ।  

शुक्रबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनु हुँदै सभामुख अग्निप्रसाद सापकोटाले जेठ १० गते नीति तथा कार्यक्रम प्रस्तुत हुने जानकारी गराउनुभएको हो । राष्ट्रपति भण्डारीले सम्बोधन गर्नुहुने बैठकमा उपस्थितिका लागि प्रतिनिधिसभाका सम्पूर्ण सदस्यलाई सभामुख सापकोटाले आह्वान गर्नुभएको छ । सभामुख सापकोटाले बैठक सुरु हुनुभन्दा १५ मिनेट अगाडि उपस्थित हुन सबै सदस्यलाई अनुरोधसमेत गर्नुभएको छ । 

संविधानको धारा ९५ अनुसार राष्ट्रपति भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने पत्रमा उल्लेख गरिएको छ ।