• ९ मंसिर २०८१, आइतबार

सरकारी शिक्षकको पोशाक परिवर्तन

blog

प्रतिकात्मक तस्बिर

काठमाडौं, जेठ ६ गते। सरकारी विद्यालयका शिक्षकको पोशाक परिवर्तन भएको छ। शुक्रबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले  शिक्षा विकास तथा समन्वय इकाई र सबै स्थानीय तहलाई पत्र लेख्दै पोशाक परिवर्तन भएको जानकारी गराएको हो। 

विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको पोशाक परिवर्तन गर्ने सन्दर्भमा नेपाल शिक्षक महासंघबाट अनुरोध भएर आएको भन्दै केन्द्रले यो पत्र पठाएको हो। 

“तोकिए अनुसारको पोशाक चालु शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउनुहुन अनुरोध छ,” केन्द्रका निर्देशक गणेशप्रसाद पौडेलले सार्वजनिक गर्नुभएको पत्रमा भनिएको छ।  

गाढा खैरो रङको सुट (कोट, पेन्ट्स) महिला\पुरुष शिक्षक कर्मचारीले लगाउनुपर्ने छ भने हल्का निलो रङको शर्ट (कमिज), मौसम अनुसार गाढा खैरो रङको ज्याकेट, कलेजी स्वेटर र कालो जुत्ता पोशाकको रुपमा लगाउनुपर्नेछ। 

साडी, ब्लाउज, कुर्ता सुरुवालमा (चाप्पल) परिवर्तन गरिएको छैन भने शैक्षिक पोशाकको नमुना नेपाल शिक्षक महासङ्घबाट प्राप्त गर्न सकिने पत्रमा उल्लेख छ। 

पोशाकको नमुना नेपाल शिक्षक महासंघबाट प्राप्त गर्नसकिने व्यहोरा पत्रमा उल्लेख गरिएको छ।   साडी, ब्लाउज, कुर्ता सुरुवाल परिवर्तन नगरिएको पत्रमा प्रष्ट पारिएको छ ।