• १३ साउन २०८१, आइतबार

धनुषामा हतियारसहित चारजना पक्राउ

blog

लक्ष्मी चौधरी
जनकपुरधाम, जेठ ५ गते ।
धनुषामा हातहतियारसहित चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषा जिल्लास्थित नगराईन नगरपालिका–८ का अकौरा टोल बस्ने ३५ वर्षीय धर्मेन्द्र पासमान, ३० वर्षीय राजिव पासमान, ५८ वर्षीय श्रीनारायण पासमान र ३१ वर्षीय राजिव पासमान रहेको रहेका छन् ।

धनुषा जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुलाई आपसी झगडामा गोली प्रहार गरेको अवस्थामा खोजतलास गर्दा हतियारसहित पक्राउ गरिएको हो ।

घटनास्थल नजिक रहेको पक्राउ परेका श्रीनारायण पासमानको घरबाट दुईवटा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । बरामद पेस्तोलमध्ये एउटा सानो कटुवा पेस्तोल र अर्को ठूलो नल्कटुवा पेस्तोल र सानो पेस्तोलको ८ र ठूलोको ५ राउण्ड गोली समेत फेला परेको प्रहरीले जनाएको छ ।

साथै, पक्राउ परेकामध्ये धर्मेन्द्र पासमानको घरबाट १ राउण्ड ग्यास सेल फेला परेको प्रहरीले जानकारी दिएको छ । घटना मंगलबार बिहान करिब ८ बजेको हो ।

उनीहरु माथि हातहतियार खरखजना, ज्यान मार्ने उद्योग र संगठित अपराध मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

सोही घटनामा संलग्न ४५ वर्षीय कुलानन्द पासमान भने फरार रहेको धनुषा प्रहरीले जनाएको छ ।