• १९ असार २०८१, बुधबार

कृषि क्षेत्र निर्वाहमुखी, सेवा क्षेत्र नाफामुखी : सांसद बस्नेत

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ ५ गते । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले कृषि क्षेत्र निर्वाहमुखी रहेको बताउनुभयो ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०७९–८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धमा जारी छलफलमा भाग लिनुहुँदै सांसद रावल सो धारणा राख्नुभएको हो ।

उहाँले करिब दुई तिहाइ निर्भरता रहेको कृषि क्षेत्रबाट एक चौथाई योगदान हुने स्थितिले हाम्रो कृषि क्षेत्र निर्वाहमुखी रहेको बताउनुभएको हो ।

त्यस्तै, सेवा क्षेत्र नाफामुखी बन्दै गइरहेको पनि उहाँले बताउनुभयो । उहाँले सामाजिक दायित्वबाट पन्छिदै गइरहेको र आजको अर्थ व्यवस्था तथा आर्थिक क्षेत्रको तितो दृश्य यही रहेको बताउनुभयो । 

उहाँले राजनीतिक व्यवस्था बदल्यौ तर आर्थिक व्यवस्था पुरानै ढाँचा र लयमा हिँडिरहेको आजको वास्तविकता रहेको पनि बताउनुभयो ।

विश्वमहामारी, विश्वको विभिन्न क्षेत्र तथा मुलुकहरुमा देखिएको तनावले अर्थव्यवस्थालाई प्रभावित पारेको उहाँको भनाइ छ । साथै पूर्ववर्ती सरकारको पार्टी र सीमित स्वार्थ समूहकेन्द्रित आर्थिक नीति, विधि र व्यवहारका कारणले पनि मुलुकको अर्थ व्यवस्था निकै अप्ठ्यारो अवस्थामा पुगेको उहाँ बताउनुहुन्छ ।