• १९ असार २०८१, बुधबार

सत्ता र प्रतिपक्ष अर्थतन्त्रका विषयमा गम्भीर हुनुपर्छ : सांसद रिजाल

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ ५ गते । नेपाली कांग्रेसका सांसद डा. मिलेन्द्र रिजालले सरसर्ती हेर्दा बजेटका प्राथमिकता राम्रो रहेका र सत्ता तथा प्रतिपक्ष दुवैले अर्थतन्त्रका विषयमा गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा आफ्नो धारणा राख्नुहुँदै सांसद रिजालले सो कुरा बताउनुभएको हो ।

उहाँले पूँजीगत खर्च नहुनुमा अर्थतन्त्रमा रहेको संरचनागत संरचनाले काम गरेको टिप्पणी गर्नुभएको छ ।

पूँजीगत खर्च नहुने प्रवृत्तिको अन्त्यका लागि सरोकारवाला एवं सांसद र अर्थ मन्त्रालयलगायतले सार्थक प्रयास गर्नुपर्ने उहाँको सुझाव छ ।

‘‘शोधानान्तर घाटामा परेको प्रभावलाई कम गर्न देशभित्रै खाद्य उत्पादनमा वृद्धि गर्नुपर्ने तथा उद्योग व्यवसायको प्रवद्र्धन, निजी, सार्वजनिक साझेदारीका सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था गरिनुपर्छ ।,’’ उहाँले भन्नुभयो ।

उहाँले वर्तमान सरकारका कारणमात्रै अर्थतन्त्रमा समस्या नआएको भन्दै प्रतिपक्षमा पुगेको तत्कालीन नेकपा एमाले नेतृत्वको सरकारका कारण वैदेशिक ऋणमा वृद्धि भएको तथ्य नभुल्न आग्रह गर्नुभयो ।

डा. रिजालले विश्वव्यापीरूपमा अर्थतन्त्रमा परेको दबाब र चापको प्रभाव अर्थतन्त्र र मुद्रास्फितिमा परेको तथ्य पेश गर्नुभयो ।

बजेट कार्यान्वयन क्षमता कमजोर रहेको र स्रोत नभएका आयोजना कम्प्युटरमा गरिएका शिलान्यास, रेल तथा पानीजहाज, भ्यूटावरजस्ता विषय ल्याएर गलत अभ्यास गरिएकाले पनि समस्या देखिएको उहाँले स्पष्ट पार्नुभयो ।