सचिन पोख्रेल
इटहरी, मङ्सिर १९ गते । सशस्त्र प्रहरी बलको टोलीले भारतीय सिमावर्ती क्षेत्र अन्तर्गत पर्ने बिराटनगर महानगरपालिका वडा १८ झटियाही ईलाकाबाट करिब ६० किलो प्रतिबन्धित लागु औषधको रुपमा रहेको गाँजासहित अटो नियन्त्रणमा लिएको छ ।
बिराटनगरको बखरीवाट परिचालित सशस्त्र प्रहरी नायव निरीक्षक ओमबहादुर खड्काको कमाण्डको टोलीले भारततर्फ जाँदै गरेको सवारी दर्ता २ ह १९६९ को बजाज कम्पनीको अटोलाई त्यहाँ लोड गरिएको गाँजासहित नियन्त्रणमा लिएको हो ।
सो अटोलाई सडकमा नै छाडि चालक फरार रहेको अबस्थामा चेकजाँच गर्दा करिब ६० किलो प्रतिबन्धित लागु औषध गाँजा फेला परेपछि उक्त गाँजासहित सवारी साधन नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि ईलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ३ गणले जनाएको छ ।